कञ्चनपुर प्रहरीले गर्यो दुईलाख बढीको अबैध सामान बरामद
धनगढी: कञ्चनपुर प्रहरीले दुईलाख बढीको अबैध सामान बरामद गरेको छ।
भिमदत्त नगरपालिका १० भुजेला पुल र १५ कालीपुल नजिक अवैध रुपमा भन्सार छली गरील्याई लुकाई छिपाइ वेवारीसे अवस्थामा राखिएका बिभिन्न किसिमका कपडा, साडी, चिनी र दुधपाउडर प्रहरीले बरामद गरेको छ। मंगलवार बिहान १० बजेको समयमा विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय गड्डाबाट खटिएको प्रहरी गस्ती टोलीले उक्त सामान बरामद गरेको हो।
दुई लाख बाह्र हजार नौ सय बढीको सर–समान वेवारिसे अवस्थामा फेला पारी कानुन बमोजिम बरामद गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय गड्डा चौकी कञ्चनपुर पठाईएको प्रहरीले जनाएको छ।