सुदूर नेपाललाई विश्वसँग जोड्दै

तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली गौरीफन्टा नाकामा

२०७९ माघ ९, ०३:४४ नारायण अवस्थी

धनगढीः तालिम प्राप्त दुईटा कुकुरसहितको प्रहरी टोली गौरीफन्टा नाकामा खटिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको नेतृत्वमा तालिम प्राप्त कुकुरसहित सीमानाकामा तैनाथ भएको हो।

नेपाल प्रहरीको आकस्मिक चेकजाँच गर्ने कार्यअन्तर्गत सीमानाकाबाट हुने लागु औषध तस्करी र विष्फोटक पदार्थको ओसारपसार नियन्त्रण गर्न तालिम प्राप्त कुकुरसहित नेपाल प्रहरी र ट्राफिक प्रहरी त्रिनगर नाकामा परिचालन भएको हो।

कैलाली प्रहरी प्रमुख, प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालले सीमानाकाबाट हुने लागु औषध र विष्फोटक पदार्थको आयात र निर्यात नियन्त्रण गर्न प्रहरी टोली परिचालित भएको जानकारी दिए। प्रहरीले आकस्मिक रुपमा जुसुकै समयमा तस्करी हुनसक्ने सम्भावित क्षेत्रमा खटिएर सर्च र खोचतलास गर्ने गरेको छ। नियमित तर आकस्मिक रुपमा आज (सोमवार) गौरीफन्टा नाकामा तालिमप्राप्त कुकुरसहित नाकाबाट आउने सवारी सधानमा चेकजाँच भइरहेको प्रहरी उपरीक्षक पालले दिनेशखबरलाई बताए।

प्रहरी उपरीक्षक पालले जिल्लाका अन्य ठाउँमा पनि तालिमप्राप्त कुकुरसहित लागुऔषध नियन्त्रण र तस्करी रोक्न प्रहरीले किन्तु, परन्तु नभनेर प्राप्त जिम्मेवारी इमानदारीपूर्वक बहन गर्ने बताएका छन्।

'तस्करी हुने क्षेत्रमा प्रहरीको निगरानी बढाएको, सादा पोषाकमा प्रहरी परिचालन गरेका छौँ,’ उनले भने, ’प्रहरीको जिल्ला र प्रदेशमा नयाँ नेतृत्व आएकाले प्रदेश प्रहरी प्रमुख ज्यू र मैलै विगतमा के भयो भन्दा पनि अव कसरी नतिजामुखी काम गर्न प्रतिवद्धत छौँ।’

कैलाली प्रहरी प्रमुख, प्रहरी उपरीक्षक पालले भारतबाट हुने तस्करी र लागु औषधको ओसारपसार रोक्न प्रहरीले नतिजा देखाउने हिसवाले काम गर्ने बताएका छन्। कैालाली प्रहरी प्रमुख पालको नेतृत्वमा वडा प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको प्रहरी टोली अहिले मोहनापुलमा तैनाथ रहेको छ।
 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस