आज सुनको मूल्य प्रतितोला कतिमा हुदैँ छ कारोबार
२०७९ माघ ४, १२:०१
काठमाडौं: नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। छापावाल सुनको मूल्य बुधवार प्रतितोला छ सय रुपैयाँले घटेर एक लाख चार हजार पाँच सय तोकिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख चार हजार कायम भएको छ। त्यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर एक हजार तीन सय ७५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ।
कमेन्ट लोड गर्नुस