सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेप्से कार्यालय घेराउ गर्न खोज्ने १३ जना लगानीकर्ता पक्राउ

। फोटो स्रोत ।
२०७५ चैत्र १२, ०१:०७ खबर संवाददाता

राजधानीको भद्रकालीस्थित नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से ) कार्यालय घेराउ गर्न पुगेका शेयर लगानीकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सेयर लगानीकर्ता दबाब समूहले मंगलबार बिहान कार्यालय समयमा भद्रकालिस्थित नेप्सेको कार्यालय परिसर बाहिर धर्ना बस्न लाग्दा प्रहरीले नियन्त्रणमा लिएको हो।
कार्यालय प्रवेशमा रोक लगाएपछि उनीहरु प्रवेशद्धार बाहिर नै धर्ना बस्न लाग्दा प्रहरीले धरपकड गरि नियन्त्रणमा लिएको हो। सो क्रममा केही समय लगानीकर्ता र प्रहरीबीच भनाभन भएको थियो। शान्तिपूर्ण रुपमा विरोध गर्न पाउने नागरिकको अधिकार प्रयोग गर्न नदिएको भन्दै सेयर लगानीकर्ताले प्रहरीको गाडी भित्रै अर्थमन्त्री र प्रहरी हस्पक्षेपविरुद्ध नाराबाजी गरेका थिए। अहिले १३ जना सेयर लगानीकर्ताहरुलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ। प्रहरी नियन्त्रणमा रहेका सेयर लगानीकर्ता दबाब समूहका दीपेन्द्र अग्रवालले शान्तिपुर्ण विरोध गर्न पाउने अधिकार प्रयोग गर्दा धरपकड गरिएको भन्दै प्रहरी हस्पतक्षेपको विरोध गरे। शेयर लगानीकर्ताहरुले पूँजी बजार सुधार र विस्तारका लागि ३२ बुँदे माग गर्दै चरणबद्ध आन्दोलन गर्दै आएका छन्।

कमेन्ट लोड गर्नुस