सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्यानद्वारा मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान

२०७९ पुष २५, ०६:१४ खबर संवाददाता

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको छ। क्यानले आइतबार मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको हो।

इच्छुक र योग्य व्यक्तिले आफ्नो बायो डाटा र पदको लागि इछ्याएको कारण खुलाउँदै जनवरी १४ सम्म दरखास्त दिन सक्ने छन्। मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षक विहीन रहेको छ। क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरिएको थियो । तर, सम्झौता अघि नै प्रभाकरले पद छाडेका हुन्। 

कमेन्ट लोड गर्नुस