सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा कोरोना खोप अभाव 

फाइल फोटो
फाइल फोटो
२०७९ पुष २२, १२:१४ खबर संवाददाता

बैतडी: बैतडीमा कोरोना खोप अभाव भएको छ। सीमा नाका झुलाघाटमा रहेको हेल्थ डेस्कबाटै कोरोना खोप दिने तयारी गरेको भएपनि खोप नहुँदा सञ्चालन हुन नसकेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए। भारत लगायतका छिमेकी मुलुकहरुमा कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै कोरोना खोप लगाउन आग्रह गरिएको भएपनि बैतडीमा कोरोना खोपको अभाव रहेको भट्टले बताए।

स्थानीय प्रशासनले समेत खोप लगाउन छुटेकाहरुलाई आग्रह गर्दै आएको छ। तर जिल्लामा खोपको अभाव रहेको छ। ५ बर्षदेखि ११ बर्ष सम्मका बालबालिकाहरुलाई लगाइने खोप एक÷दुई दिनभित्रै आपूर्ती हुने जानकारी आएको स्वास्थ्य प्रमुख भट्टले बताए।

बैतडी भारतसंग सीमा जोडिएको जिल्ला भएकाले सीमा नाकामा भने कडाइ गरिएको छ। झुलाघाट नाकाबाट स्वदेश फर्कनेहरुको कोरोना परीक्षण गरेर मात्रै स्वदेश पठाउने गरेको हेल्थ डेस्कमा कार्यरत हेल्थ असिष्टेन्ट सुरज धामीले बताए।
 

कमेन्ट लोड गर्नुस