सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका १८ जना महिलाको पाठेघरमा क्यान्सर 

२०७९ पुष ९, ०९:१५ खबर संवाददाता

धनगढीः धनगढीका १८ जना महिलाको पाठेघरमा क्यान्सर फेला परेको छ। धनगढी उप–महानगरपालिकाको आयोजनामा भएको क्यान्सर रोग सम्बन्धि निःशुल्क स्वास्थ्य परिक्षण शिविरमा १८ महिलाको पाठेघरमा क्यान्सर रहेको पुष्टि भएको हो। 

नगर प्रमुख गोपाल हमालको सचिवालयका अनुसार उप–महानगरपालिकाको आयोजना तथा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा, बाँकेको सहकार्यमा धनगढीमा एक दिने क्यान्सर रोग परिक्षण शिविरको आयोजना गरिएको हो। 

धनगढी उप–महानगरपालिका वडा नम्बर ७ को बेली सहरी स्वास्थ्य प्रवद्धन केन्द्रमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा दुई सय ८६ जनाले सेवा लिएका हुन्। उनीहरुमा दुई सय २९ जना महिला र ५७ जना पुरुष रहेका थिए। ८८ जना महिलाको पाठेघरको क्यान्सरको परिक्षण गर्दा १८ जनामा पुष्टि भएको हो। १३ जनालाई थप गरिक्षणका लागि पठाइएको छ। शिविरमा १४ जना क्यान्सरका बिरामी नियमित परिक्षणका लागि आएका थिए। ७४ जनाको भिडियो एक्सरेसमेत गरिएको छ। प्राध्यापक डाक्टर सुभेषराज कायस्थसहितको चिकित्सकको समूहले स्वास्थ्य सेवा दिएको हो। 
 

कमेन्ट लोड गर्नुस