धनगढीमा बुवा-छोराले गरे एकैदिन रक्तदान
धनगढीः धनगढीमा बुवा-छोराले एकैदिन रक्तदान गरेका छन्। शनिबार मालिकार्जुन दार्चुला सेवा समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा उनीहरुले सँगै रक्तदान गरेका हुन्।
धनगढी हसनपुर ज्योतीटोलका ४४ वर्षीय नवराज जोशी र उनका २० वर्षीय छोरा सन्तोषकुमार जोशीले एकसाथ रक्तदान गरेका हुन्। आफूहरुले मानविय सेवाका लागि योगदान पुगाउन रक्तदान गरेको उनीहरुले बताएका छन्। रक्तदान गरेको भन्दै मालिकार्जुन दार्चुला सेवा समितिले उनीहरुलाई सम्मान पनि गरेको छ।
समितिले आज ५औं अधिवेशन तथा ८औं वार्षिक साधारण सभाको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रममा २८ जनाले गरेका थिए। समितिले यस अघिदेखि नै सामाजिक सेवा, जनचेतनामुलक कार्यक्रम, सरसफाइ, योग तथा शिक्षाका क्षेत्रमा विविध कार्यक्रमहरु गर्दै आएको छ।