सुदूर नेपाललाई विश्वसँग जोड्दै

नयाँ बर्षको दिन फेरी धनगढी दौडिने

२०७५ चैत्र ९, ११:११ कमल सावद

विगत झै यसपाली पनि धनगढीका युवाहरु नयाँ वर्ष २०७६ को शुभ बिहानीसँगै धनगढी दौडाउने अभियानमा जुटेका छन्। अब धनगढी दौडिन्छ भन्ने नाराका साथ बैशाख १ गते धनगढी जेसजिको आयोजनामा हाफ म्याराथनको छैठौँ संस्करण हुने भएको हो। शनिवार आयोजित पत्रकार सम्मेलनमा आयोजक धनगढी जेसीजले धनगढी दौडीन्छको छैठौ सस्करण बारे जानकारी दिएको हो।
कुनै एउटा क्षेत्रमा मात्रै नभई सबै क्षेत्रमा धनगढीलाई दौडाउने अभियानका साथ ६ बर्षदेखि धनगढी दौडिन्छ प्रतियोगिता हुदै आएको छ।सुदूरपश्चिमको केन्द्रका रुपमा रहेको धनगढी हरेक कुरामा दौडिनु पर्छ’ भन्ने मान्यताका साथ शुरु भएको म्याराथन प्रतियोगीताको छैठौँ सस्करणका लागी तयारी सुरु गरीएको धनगढी जेसिजका अध्यक्ष नरेन्द्र अवस्थीले जानकारी दिए। 
२१ दशमलव १ किलोमिटरको दौड अथवा हाफ म्याराथनको छैठौ संस्करणलाई यस बर्ष पञ्चकन्याले मुख्य प्रायोजन गरेको छ। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाइ क्रमश नगद ५५ हजार ५ सय ५५, ३३ हजार ३ सय ३३ र तेश्रोलाई २२ हजार २ सय २२ पुरस्कार प्रदान गरिने छ । हाफ म्याराथुनको रुट धनगढी रंगशाला, एलएनचोक, धनगढी चौराहा हुँदै गेटामा रहेको सुदूर विस्कुट इण्डष्ट्रिज पुगेर सोही रुट हुदै पुनः रंगशालामा तोकिएको छ।
हाफ म्याराथुनसगै कर्पोरेट र संचार तथा ट्राईसाईकल म्याराथुनलाई पनि यो वर्ष निरन्तरता दिईएको छ। यी दुवै विधामा प्रथम द्धितीय र तृतीय हुनेलाई क्रमश ५ हजार ५ सय ५५, द्धितियलाई ३ हजार ३ सय ३३, तृतिय हुनेलाई २ हजार २ सय २२  नगद पुरस्कार दिईने छ। कुनै एउटा क्षेत्रमा मात्रै नभई ब्यापार, पर्यटन, शिक्षा, खेलकुद लगायतका सबै क्षेत्रमा अब धनगढी दौडिन आवश्यक छ भन्ने सन्देश दिन २०७१ सालदेखी धनगढी दौडीन्छ भन्ने मुल मन्त्रका साथ हाफ म्याराथुन आयोजना गरीदै आएको हो। युवाहरुलाई यस क्षेत्रको समग्र विकासमा अग्रसर गराउदै विकासका संभावनाहरुलाई उजागर गरी उद्योग व्यवसायहरु प्रर्वद्धन गर्न सहयोग गर्ने उदेश्यले प्रतीयोगीताको आयोजना गरिएको धनगढी जेसिजले जनाएको छ।

 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस