बैतडीमा पत्थरखानीबाट खसेर महिलाको मृत्यु
२०७९ मंसिर २१, ०३:४४
धनगढीः बैतडीमा पत्थरखानीबाट खसेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको डिलाशैनी गाउँपालिका–६ बांगाबगडको पत्थरखानी भीरबाट लडेर उनको मृत्यु भएको हो।
बुधबार दिउँसो घाँस काट्न भीरमा गएकी अन्दाजी ६० वर्षीया गोमती साउँदको मृत्यु भएको डिलाशैनी गाउँपालिकाका प्रवक्ता यदु भट्टले जानकारी दिए।
यता, जिल्ला प्रहरी कार्यालय बैतडीले भने अहिलेसम्म घटनाबारे कुनै जानकारी नआएको बताए।
कमेन्ट लोड गर्नुस