सुदूर नेपाललाई विश्वसँग जोड्दै

पूर्वमन्त्री आलेकी आमा बिरामी

२०७९ मंसिर ११, ०९:१३ खबर संवाददाता

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री प्रेमबहादुर आलेकी आमा गङ्गादेवी आले गम्भिर बिरामी परेकि छिन्। गएराति डोटी स्थित आफ्नै निवासमा उच्च रक्त चापले सिकिस्त भएपछि उनलाई आज हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको हो। 

आलेको सचिवालयका अनुसार उनको अहिले काडमाडौ स्थित ग्राण्डि अस्पतालमा उपचार भइरहेको छ। उनलाई उच्च रक्तचापले बोल्न, हात र खुट्टा चलाउनमा निकै समस्या भएको थियो। चिकित्सकका अनुसार गङ्गादेवीको स्वास्थ्यमा केही सुधार भइरहेको छ। आमाको उपचारका लागि पूर्वमन्त्री तथा डोटीबाट निर्वाचित प्रतिनिधी सभा सदस्य प्रेमबहादुर आले पनि आजै काठमाडौँ पुगेका छन्। 
 

कमेन्ट लोड गर्नुस