सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको विकासमा अहोरात्र खट्छुः आले

२०७९ मंसिर ९, ०५:१५ खबर संवाददाता

डोटीः नेकपा एकीकृत समाजवादी का पोलिटव्युरो सदस्य तथा डोटीबाट प्रतिनिधिसभा सदस्यमा विजयी प्रेम आलेले आफूले जनतासँग भोट माग्दा गरेका वाचा पूरा गर्ने बताएका छन्। प्रतिनिधिसभामा निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिन शुक्रबार डोटीमा आयोजित कार्यक्रममा बोल्दै आलेले यस्तो बताएका हुन्।

आलेले  आफूले खुटिया, बिपिनगर, गड्सेरा, दिपायल, सायलहुँदै बझाङको उरै जोड्ने सडकलाई पहिलो प्राथमिकतामा राखेको र आफ्नो पाँचवर्षे कार्यकालभित्र सो सडक निर्माण गरिसक्ने बताए।

‘जनताबीचमा विकास निर्माणमा मैले गरेको प्रतिबद्धता पूरा गर्छु। मेरो प्राथमिकताका काम गर्न म अहोरात्र खट्नेछु,’ उनले भने। उनले निर्वाचनको समयसम्म आफू जुन दलमा आबद्ध रहेको भए पनि अब आफूलाई कसले मत दियो भनेर नहेर्ने र डोटीको समग्र विकासमा लाग्ने उल्लेख गरे।

संघीय  संसद्‍मा उनको यो लगातार तेस्रोपटक विजय हो।

कमेन्ट लोड गर्नुस