दार्चुलामा बडू र ठगुन्नाबीच १५ सय बढीको मतान्तर
दार्चुलाः दार्चुलाको प्रतिनिधिसभा क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा रोचक प्रतिस्पर्धा जारी छ। एमाले उम्मेदवार गणेशसिंह ठगुन्ना, नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद भन्दा १५ सय बढी मतले पछाडि परेका छन्।
पछिल्लो मत परिणाम अनुसार कांग्रेसका बडूले अग्रता लिएका छन्। उनले २२ हजार ४९६ मत प्राप्त गरेका छन्। २० हजार ९५० मतसहित ठगुन्ना पछ्याइरहेका छन्।
देशसभा क्षेत्र १ मा कांग्रेसका विक्रमसिंह धामी र २ मा माओवादीका मानबहादुर धामी विजयी भइसकेका छन्।