दार्चुलामा मतपेटिका संकलनको काम अझै सकिएन
धनगढीः दार्चुलामा मतपेटिका संकलनको काम अझै सकिएको छैन्। भौगोलिक विकटताको कारण केही पालिकाको मतपेटिका संकलन हुन बाँकी रहेको दार्चुला प्रहरी प्रमुख डीएसपी तर्कराज पाण्डेयले जानकारी दिए।
पाण्डेयका अनुसार ब्याँस गाउँपालिकाका विभिन्न मतदान केन्द्रका मतमेटिका आउन बाँकी छ। सबै मतपेटिका संकलनलगत्तै मतगणना सुरु हुने उनले बताए।
दार्चुलामा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता दीलेन्द्रप्रसाद बडू र एमालेका तर्फबाट गणेश ठगुन्ना प्रतिस्पर्धामा छन्।