बैतडीमा ८४ वर्षीय वृद्धले गरे मतदान
२०७९ मंसिर ४, ०८:३०
बैतडी: बैतडीमा ८४ वर्षीय वृद्धले मतदान गरेका छन्। जिल्लाको दशरथचन्द नगरपालिका-८ मौनीगाउँमा ८४ वर्षीय शेरसिंह धामीले मतदान गरेका हुन्।
त्रिपुरासुन्दरी स्वास्थ्यचौकी मतदान केन्द्रमा पुगेर धामीले मतदान गरेको सहायक मतदान अधिकृत लक्ष्मी बिष्टले बताइन्। जेष्ठ नागरिक धामीबाटै सो मतदान केन्द्रमा मतदान सुरु गरिएको सहायक मतदान अधिकृत बिष्टले बताइन्।
कमेन्ट लोड गर्नुस