छठ पर्वको अवसरमा सोमबार सार्वजनिक बिदा
२०८३ कार्तिक २८, ०७:४३
काठमाडौंः सरकारले छठ पर्वको अवसरमा आगामी सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ मनाएपछि सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिई पूजा गर्ने परम्परा छ। छठ पर्वको अवसरमा सोमबारसमेत सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

कमेन्ट लोड गर्नुस