सुदूर नेपाललाई विश्वसँग जोड्दै

यात्रा दिल्लीसम्मको 

२०७९ मंसिर ३, ०४:२९ खबर संवाददाता

नवराज जोशी–दिल्ली आफैमा मजबुद सहर हो। यो आफैमा इतिहास, वर्तमान र भविष्य हो। आकाशे भवनको भारलाई नदिको शितलताले आनन्दित बनाएको छ। बिहानी पखको भजन गीत सङ्गितले प्रकृतिलाई झुमाएको परिदृश्य देख्न पाइन्छ। म नेपालको मान्छे, पहिलो पटक भारतको यात्रा। मैले कल्पना गरेको यात्रा र वास्तविक यात्राको वास्तविकता फरक छ। मेरो पहिलो यात्रामा दिल्लीले अनेकन प्रभावहरु सम्मुख गराएको छ।

सायद त्यो समय त्यही चाहन्थ्यो र पो आज यो प्राप्त भयो। जिन्दगी यात्रा हो अनि म यो यात्राको यात्री। गौरीफन्टा देखि आनन्दविहार सम्मको यात्रा आरामदायी भयो। यात्रुहरुलाई गाडीमा केही सम्झौता गर्नु थिएन र इच्छा लागे चढ्थे, लागेन उत्रन्थे। यति सम्म सबै ठिक छ तर आनन्द विहार नाम जस्तो गज्जबको भने छैन। 

‘आनन्द विहार’ शाब्दिक अर्थ हेर्दा मज्जाको घुमफेर भन्ने हुन्छ। यो शब्द जति मज्जाको अर्थ बोध गराउँछ त्यति त्यहाँ पुग्दा पीडादायी बनेर छचल्किन्छ। त्यहाँ पुग्दा सडकमा तानातानको माहोल छ। त्यो माहोलको यथार्थ बुझ्ने हो भने अन्य कुरा जस्ताको त्यस्तै राख्नुपर्छ मानिसको व्यवहारलाई छोडेर। मलाई लाग्छ, ती आनन्द विहार पुग्ने प्रत्येक मानिसलाई ‘लुट’ को स्वाद चखाउनुपर्छ भन्ने आपसी समझदारी नै छ। \

म पनि यस्तै व्यवहारको सिकार भएको छु, हरिनगर जाँदा। गौरीफन्टाबाट आनन्द विहार सम्मको यात्रा सकेर हरिनगर तिर लाग्दै गर्दा बिहानीको मौसम थियो। सुर्यले आफ्ना किरणहरुमा पौडी खेल्नै लाग्दा आनन्द विहारमा गाडी वालाको ओइरो देख्न सकिन्थ्यो। हातबाट झोला खोस्ने र मनोमानी भाडा लिने अभियानमा लगभग सम्पूर्ण अटोवाला लागेका हुन्छन्।

भाडाको कुनै मापदण्ड छैन यी उदण्ड अटो वालाहरुको। चार सय,पाँच सय छ सयदेखि ८ सयसम्मको भाडादर बनाउने ती अटोवालाको साँचो भाडादर भारु २०० थियो हरिनगर सम्म म एक्लो, अन्जान थियो त्यो सहर अनि व्यवहार त्यसकारण मैले वास्तविकता बुझेको थिएन। तर पनि खोज्दै जाँदा थाहा पाए मूल्य हुने गरि भाडादरको मोलमोलाई सुरु गरेँ अन्तिममा भारु २५० मा मिलाउन सके। त्यसपछी मेरो यात्रा सुरु भयो। यात्रामा विश्वास पनि थिएन, कतै हरिनगर भनेर अरु ठाउँ नै छोडिदिने त हैन नि। सोच्दा सोच्दै ‘मोहन’ मन्दिर नजिक पुगेँ। बडो आनन्द र प्रेम पाइयो त्यो मन्दिरको पवित्र आँगनमा गुञ्जिरहेका शङ्ख ध्वनी र घण्टका मधुर स्वरहरुबाट। एकछिन खुशी लाग्यो, अनुभूति गरेँ। 

यति हुँदा हुँदै मेरा पाइलाहरु छिचोलिरहेका थिए गन्तव्यका मिठा सपना चुम्न। वरिपरीको आनन्द, बडो वेगले हानिरहेको थियो। ३ वटा पार्क, बच्चाको खेल्न योग्य सामानहरुको व्यवस्था, बस्ने कुर्र्सिहरु, झुला लगायतका दृश्य देख्न पाइन्थ्यो। यो एउटा सकरात्मक पक्ष थियो मेरा लागि। जसको योग्यताको अनुभूति मैले पनि ग्रहण गरेको थिएँ। सामान्य भेटघाट पछि म फर्किएँ दिल्लीबाट।

फर्किदै गर्दा बस नै आउने रहेछ, बसवालाको भाडा अझै कम। टिकट प्रणालीको व्यवस्था भएको गजबको व्यवस्थापन, एक ढोकाबाट चढ्ने अर्को बाट निस्कने। बाटोमा देखिएका होर्डिङ बोर्ड, भवनको सामिप्यता, बनोट, आकाशलाई गिज्याइरहेका महलहरु, आकाशे पुलले घुम्टो ओडाइएका फराकिला सडकहरु, ट्राफिक लाईटहरु शोभा र सभ्यताप्रतिको अनुशासन, प्रहरीको प्रतिवद्धता, यि यावत् कुराहरु मलाई गज्जब लाग्यो। फेरि पुगियो आनन्द विहार।

दुई चार जना सडकको छेउमा उभिरहेका थिए। कता जाने भन्ने प्रश्न उनीहरुले गरे। मैले उनीहरुको प्रश्नको अवहेलना गर्न चाहिँन र उत्तर दिएँ गौरीफन्टा। उनीहरुले हाम्रो पछि आउँ भन्दै आग्रह गरे र म पनि उनीहरुको पछि–पछि गए। सिधै उसले काउण्टरमा लगेर गयो। म विश्वस्त थिएँ, काउण्टरको विश्वासप्रती। टिकट काट्यो र पैँसा माग्यो भारु ८००। मैले म दिँदैन भारु ६०० भन्दा म एकपैँसा दिँदैन भनेर अड्डि लिएँ। बेस्सरी थर्काएँ तिनिहरुको व्यवहार देखेर तर मेरो थर्काई उनिहरुका प्रती कति नै टिक्थ्यो र? भारु ७०० मा मनाएँ र बसपार्क पुगेँ। त्यता पुग्दा झन् अचम्म लाग्यो।

भित्र बसे, गाडी ८ बजे साँझ निस्कने रहेछ। कतासम्म जाने हो भन्ने सोधेपछि पलिया हो भन्यो। अब भयो फेरि बबाल, के गर्ने के नगर्ने भयो। रिस यस्तो उठिराको थियो तर शान्त गरेँ के नै गर्न सकिन्छ भनेर। केही समय पश्चात् त एक जना साथी पनि भेटिन्छ ९०० टिकट काटेको। लगत्तै अर्को पाको उमेरका मानिसले १००० काटेको सुनियो गौरिफन्टा भनेर। अब झन् रिस उठ्यो, सोधेँ, भारु ५०० टिकट रहेछ। यो कुरा सुनेपछी धन्दावालाको धन्दा सामने आयो। अब के गर्ने त भन्दा कसैले केही तदारुकता देखाएनन्। 

मलाई आफैप्रती अनौठो रिस र हाँसो लागिरहेको थियो। नेपालिहरुले भरिएको थियो त्यो गाडी सबैले यो कुरा थाहा पाए तर कसैले समाधानको उपाय बताएनन् उल्टै त्यस्तो गर्ने हैन नि त भन्ने जवाफ मिल्यो। यसपछी रिस जोगाएर राखेँ। साँझ गाडी हिड्नै लाग्दा त्यही मानिस भेटियो, गाडिवाला सङ्गको आपसी समझदारी गर्न। समायौँ त्यसलाई तर केही गर्न सकिएन, उल्टै थर्काइ पायौँ। जे भयो भयो भनेर यात्रा सुरु गरियो।

बिहानी समयमा पलिया पुगियो। एकजना कञ्चनपुरका नेपाली भेटिए, गाडी सहयोगी।  उनलाई भेटेपछी मनमा भरोसा जागेर आयो। उनले मलाई सजग गराए अटोवालाको प्रवृती प्रती। तर म सङ्ग आएको एकजना साथिको सामान गाडिमा चढाए वाफत पैँसा मागिरहेको दृश्य देखियो। खल्तिमै हात हालेर जबरजस्ती खोस्न लागेका मान्छेलाई मैले आफ्नो रवाफ निकालेँ र यात्रा सुरु गर्यौँ। 

टिकट माग्ने त्यो दुराचारी त्यही खल्तिमा हात हाल्ने वाला थियो। पछि दिउँला अहिले निकाल्न सकिने अवस्था छैन भनेर भनें तर तुरुन्तै दे भन्यो। त्यसपछी मैले पनि ५०० भारु दिएँ। उसले पनि पछि दिन्छु भन्यो। मैले मेरो रिस पोख्ने मौका पाएँ, बेस्सरी थर्काएँ। मेरो  पैँसा पनि अहिल्यै फिर्ता दे भनेर भनें। तिमिहरुले जे गरे नि हुन्छ, जे भने नि हुन्छ अनि हाम्रो चाहिँ केहि नहुने। यी सबै व्यवहार देखेर बडो उदेक लाग्यो। 

सिमानामा पुगियो, सामान चेकअप गरिरहेका ती बडेमान पुलिसहरु देखिन्थे। प्रत्येक झोला खोल्न लगाएर हेरिरहेका थिए। मैले पनि देखाएँ, अनि निस्केँ। यसरी मेरो दिल्ली यात्रा गरेर सकेँ र मनमा लागिरहेको थियो यो मेरो अनुभव शेयर गर्नुपर्छ ताकी मैले भोगेको समस्या अरु कसैले भोग्नु नपरोस् । यसको समाधानका लागि सामान्य रुपमा धेरै काम गर्न सकिन्छ।

पहिलो त यात्रा सुरु गर्नु भन्दा अगाडि नेपालको वातावरण र व्यवहार नेपालमै छोड्नुपर्यो र भारतको व्यवहारप्रती सजग र सबल बन्नु पर्यो अर्थात् म नेपालमा छैन अब भारत पस्दैछु भन्ने कुरा सम्झनुपर्यो र तयारी अवस्थामा रहनुपर्यो। त्यसपछी नेपालीबिचको एकता हुनुपर्यो जुन भेटघाट हुँदा खुशी भएर होइन अफ्ठ्यारो पर्दा एकभएर सामना गरेर देखाउनुपर्यो। 

त्यसपछी रह्यो सरकारको काम। यी कुरा सामान्य जस्ता बनाइएका छन्, नेपालीले। तर यो अब चाहिँ सामान्य हुनुभएन र समाधानका लागि पहल गर्नुपर्यो। दिल्ली सरकारसगँ कुरा गरेर हुन्छ कि या नेपाली काउन्टर खोलेर हुन्छ कि कसरी हुन्छ। त्यो गरेमा सायद अलि कति भए पनि राहत महशुस गर्न सकिन्थ्यो कि? 

नेपालको सरकारले यस्ता कुरामा विचार पुर्याएको कतै सुनेको छैन। म पनि किन भनौँ, किन लेखौँ भन्ने नलागेको चाहिँ होइन तर मनले मानेन। मेरो नगरपालिकामा भर्खरै उर्जावान सरकार पाएको र यस्ता मुद्दामा समाधानको बाटो देखाउन सक्ने सरकार थियो मसङ्ग। तसर्थ यसको समाधान हेतु केही गरोस् भन्ने अपेक्षा राखेर यो अनुभव तपाईहरु समक्ष प्रस्तुत गरेको छु।
 

कमेन्ट लोड गर्नुस