कैलालीमा मालपोत र यातायातबाट १२ जना पक्राउ
धनगढी: मालपोत कार्यालय र यातायात व्यवस्था कार्यालय धनगढीबाट १२ जना पक्राउ परेका छन्। प्रहरीले मालपोत कार्यालयबाट ६ तथा यातायात कार्यालयबाट थप ६ जना नियन्त्रणमा लिएको जनाएको छ।
उनीहरूलाई बिहीबार दिउँसो करिब २ बजे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता योगेन्द्र तिमिल्सिनाले बताए।
प्रवक्ता तिमिल्सिनाका अनुसार लेखापढी सम्बन्धी लाइसेन्स नभएका उनीहरूलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। उनीहरूसँग अहिले सोधपुछ भइरहेको प्रवक्ता तिमिल्सिनाले बताए।