सुदूर नेपाललाई विश्वसँग जोड्दै

काँग्रेसको प्रचार गरेको भन्दै वेदकोटका एक वडाध्यक्षलाई आयोगको स्पष्टीकरण

२०७९ मंसिर १, ०३:४८ खबर संवाददाता

धनगढीः कञ्चनपुरको वेदकोट नगरपालिका वडा नं ५ का वडा अध्यक्ष चित्रदेव भट्टलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। वेदकोट नगरपालिकामा निर्वाचन आचारसंहिताविपरीत प्रचारप्रसार तथा कार्यक्रममा सहभागी भएको उजुरी परेपछि भट्टलाई स्पष्टीकरण सोधिएको हो।

भट्टलाई पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगको इमेल ठेगानामा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेश गर्न भनिएको छ। अन्यथा कानून बमोजिम कारवाही हुने आयोगले जनाएको छ। भट्ट स्थानीय तह चुनावमा कांग्रेसका तर्फबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए। उनी नगरपालिकाको प्रवक्ता समेत हुन्।

कांग्रेस उम्मेदवारको पक्षमा प्रचार गरेपछि आयोगले उनलाई स्पष्टीकरण सोधेको हो। उनलाईै सोधिएको छ, ‘तपाईंले आफू वेदकोट नगर कार्यपालिकाको सदस्य रहँदा रहँदै उक्त नगरपालिकाभित्र दलका उम्मेदवारको प्रचारप्रसारमा संलग्न भएको कार्यले निर्वाचन आचारसंहिताको उल्लंघन हुने हुँदा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) वमोजिमको जरिवाना किन गर्नु नपर्ने हो ?

कमेन्ट लोड गर्नुस