सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुस १ गतेदेखि स्वास्थ्य बीमाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य

२०८३ असोज १९, ०४:१७ खबर संवाददाता

काठमाण्डाै: स्वास्थ्य बीमा बोर्डले आउँदो पुस १ गतेदेखि स्वास्थ्य बीमाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ।

बोर्डले सूचना निकालेर पुस १ गतेदेखि १६ वर्ष उमेर पूरा गरेका नागरिकले स्वास्थ्य बीमामा नयाँ आबद्धता, नवीकरण तथा सेवा प्राप्तिका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य पेश गर्नुपर्ने जानकारी गराएको हो । बोर्डको बैठकले सेवा प्रवाहमा डिजिटल सुधार गर्न यो निर्णय गरेको सूचनामा भनिएको छ ।

बोर्डले सामान्य तथा लक्षित वर्गका सम्पूर्ण बीमित परिवारलाई ई–पोर्टलमार्फत आफ्नो विवरण अनिवार्य अद्यावधिक गर्न सार्वजनिक सूचना जारी गर्ने निर्णयसमेत गरेको छ । यसबाट दोहोरो आबद्धता नियन्त्रण हुने र दाबी व्यवस्थापन थप विश्वसनीय बन्ने बोर्डको विश्वास छ ।

त्यस्तै स्वास्थ्य बीमाको भुक्तानी प्रणालीलाई वैज्ञानिक र दिगो बनाउन रणनीतिक खरिद अध्ययन कार्यदलसमेत गठन गरिएको छ । यस कार्यदलले ६० दिनभित्र आफ्नो प्रतिवेदन पेश गर्नेछ ।

अब स्वास्थ्य बीमा सेवा डिजिटल पहिचान र दाबी प्रणालीतर्फ अघि बढेको छ ।

कमेन्ट लोड गर्नुस