बैतडीबाट आरजुले भनिन्: भारतसँग सुमधुर सम्बन्ध नभई केही गर्न सकिन्न
धनगढी: प्रधानमन्त्री पत्नी तथा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले भारतसँग सुमधुर सम्बन्ध नभई नेपालमा कुनै पनि काम गर्न नसकिने बताएकी छन्। आज (बुधबार) बैतडीको शिवनाथस्थित सुल्लेखानमा आयोजित लोकतान्त्रीक-बाम गठबन्धनको चुनावी आमसभामा उनले यस्तो बताएकी हुन्।
उनले भारतसँग अहिले नेपालको सुमधुर सम्बन्ध कायम रहेको दाबी गरेकी छन्। भारतसँग सुमधुर सम्बन्ध भएकाले अहिले धैरै काम गर्न सकिने उनको दाबी छ। त्यस्तै राणाले शिवनाथ पुगेर द्वारिकादेवी ठकुरानीलाई पनि सम्झेकी छन्। ‘द्वारिकाजी हाम्रो घरमा धेरै सवारी गर्नुहुन्थ्यो, मलाई ए नानी भन्नुहुन्थ्यो,’ आरजुले भनिन् ‘उहाँ स्मार्ट लाग्नुहुन्थ्यो।’