सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा अवैध काठ बरामद 

२०७९ कार्तिक २९, ०७:४० खबर संवाददाता

धनगढी: कञ्चनपुरमा भारतबाट ल्याइएको काठ बरामद गरिरएको छ। जिल्लाको बेलौरी नगरपालिका–१० भुडाबाट प्रहरीले भारतबाट अवैध रुपमा ल्याइएको काठ बरामद गरेको हो।

प्रहरी चौकी भुडाबाट खटिएको प्रहरी टोलिले सोमबार सीमा नजिकै भारतीय नम्बरको मोटरसाइकलमा घाँसले छोपेर ल्याइरहेको सिसौको काठ बरामद गरेको थियो। काठ र मोटरसाइकल प्रहरीले बरामद गरेको छ भने काठ तस्कर भने फरार रहेका बताइएको छ।
 

कमेन्ट लोड गर्नुस