सुदूर नेपाललाई विश्वसँग जोड्दै

९७ हजार रुपैयाँ कट्यो सुनको मूल्य  

२०७९ कार्तिक २७, ११:१३ खबर संवाददाता

काठमाडौँ: आइतबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार तोलाको ६ सय रुपैयाँले बढेर सुन ९७ हजार ३ सय रुपैयाँमा पुगेको छ।

पछिल्लो समय सुनको भाउ लगातार बढिरहेको हो। यस्तै, चाँदीको पनि मूल्य तोलामा ५ रुपैयाँले बढेर आज १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
 

कमेन्ट लोड गर्नुस