तोलामा १४ सय रुपैयाँले बढ्यो सुनको मूल्य
२०७९ कार्तिक २३, ०५:५७
काठमाडौं: बुधबार सुनको मूल्य तोलामा १४ सय रुपैयाँले बढेको छ। त्यस्तै चाँदीको मूल्य पनि बढेको छ।
बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ४ सय, तेजावी सुनको मूल्य ९३ हजार ९ सय र चाँदीको मूल्य १ हजार २९५ रुपैयाँ तोकिएको छ। सुनको मूल्य तोलामा एक हजार ४ सय र चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
कमेन्ट लोड गर्नुस