१४ सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौंः साताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा १४ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १४ सय रुपैयाँले बढेर ९४ हजार ५०० रुपैयाँ कायम भएको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९४ हजार रुपैयाँ निर्धारण भएको छ। यसअघि, शुक्रबार छापावाल सुन तोलाको ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, तेजावी सुनको भाउ तोलाको ९२ हजार ६०० रुपैयाँ निर्धारण भएको थियो। यता, आइतबार चाँदीको भाउ तोलामा ५० रुपैयाँले बढेर १२ सय ७५ रुपैयाँ कायम भएको छ। शुक्रबार भने चाँदीको भाउ प्रतितोला १२ सय २५ रुपैयाँ कायम रहेको थियो।