धनगढीमा खुल्यो थ्री डी सप्लायर्स
२०७९ कार्तिक ८, ०७:३०
धनगढीः धनगढीमा थ्री डी सप्लायर्स सञ्चालनमा आएको छ। धनगढी उपमहानगरपालिका २ मिलनचोकमा स्थानीय युवा शिशिर थापा काजीले थ्री डी सप्लायर्स सञ्चालनमा ल्याएका हुन्।
करिब २० लाखको लागतमा सञ्चालनमा ल्याइएको सो सप्लायर्सको आज सोमबार नेकपा एमाले कैलालीका इन्चार्ज नारदमुनी रानाले उद्घाटन गरेका हुन्।
अहिले सो सप्लायर्समा रेस्टुरेन्ट, क्याफे तथा घर सजावट, गिफ्ट आइटमहरू उपलब्ध गरेको सञ्चालक थापाले बताए
कमेन्ट लोड गर्नुस