सुदूर नेपाललाई विश्वसँग जोड्दै

एकैदिन १५ सयले बढ्यो सुनको मूल्य

फाइल तस्बिर
फाइल तस्बिर
२०७९ कार्तिक ५, ०२:०७ खबर संवाददाता

काठमाडौंः नेपाली बजारमा सुनको भाउ तोलामा १५ सय रुपैयाँले बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शनिबार छापावाल सुनको भाउ तोलामा ९४ हजार रुपैयाँ कायम भएको छ। शुक्रबार छापावाल सुनको मूल्य ९२ हजार ५सय रुपैयाँमा कारोबार भएको थियो।

आज तेजाबी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार तेजावी सुन प्रतितोला ९२ हजारमा कारोबार भएको थियो।

शुक्रबार चाँदीको भाउ पनि बढेको छ। चाँदीतोलामा एक हजार २ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

तिहार सुनचाँदी किनबेच हुने मुख्य सिजन हो। बेच्ने भन्दा पनि मानिसहरूले तिहारका बेला सुन, असर्फी किनेर राख्ने गरेका छन्। तिहारको मौका छोपेर महासंघले एकैदिन १५ सय रुपैयाँ बढाएको छ। अन्य समयमा हप्तामा ६ दिन मात्रै सुनचाँदीको कारोवार हुने गरेको थियो।

कमेन्ट लोड गर्नुस