सुदूर नेपाललाई विश्वसँग जोड्दै

विदेशी मुद्रा सञ्चिति घटेको घट्यै

२०७९ कार्तिक ४, ०३:२३ खबर संवाददाता

काठमाडौँः मुलुकमा केही महँगा वस्तुको आयात प्रतिबन्ध लम्बिरहँदा पनि विदेशी मुद्रा सञ्चिति भने घट्ने क्रम रोकिएको छैन। विदेशी मुद्रा सञ्चिति घटेको भन्दै सरकारले हाल ३ सय अमेरिकी डलरमाथिका मोबाइल, कार, जिप, भ्यान, १५० सीसीमाथिका मोटरसाइकल तथा विदेशी तयारी मदिराको आयातमा प्रतिबन्ध लगाएको छ। ५ महिनादेखि यी वस्तुको आयात प्रतिबन्ध रहिरहे पनि विदेशी मुद्रा सञ्चिति घट्ने क्रममा सुधार देखिएको छैन। 

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति विवरणअनुसार दुई महिनामै २६ अर्ब ६४ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति घटेको छ। गत असार मसान्तसम्म मुलुकसँग कुल १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर विदेशी विनिमय सञ्चिति रहेकोमा भदौ मसान्तसम्म आउँदा थप २.२ प्रतिशतले कमी आई ११ खर्ब ८९ अर्ब १६ करोड रुपैयाँमा झरेको छ।

२ महिनामा अमेरिकी डलरमा यस्तो सञ्चिति २ प्रतिशत घटेको छ। 

कमेन्ट लोड गर्नुस