सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको कपडा बैंकलाई २३० थान कपडा सहयोग 

२०७९ कार्तिक ३, ०५:१० खबर संवाददाता

धनगढी: धनगढीको कपडा बैंकलाई २३० थान कपडा सहयोग गरिएको छ। उपमहानगरपालिको वडा नम्बर–४ शिवपुरी धाममा रहेको कपडा बैंकलाई कपडा दान गरिएको हो।

धनगढी-३ बोराडाँडीकी सविता ऐरले २३० थान कपडा सहयोग गरेकी बैंककी सम्पर्क व्यक्ति ज्ञानु शाहले बताइन्। उनले दीपावलीको अवसरमा बैंकलाई कपडा सहयोग गरेकी हुन्। समाजसेवामा सक्रिय ऐरले यसअघि पनि बैंकलाई कपडा दान गरेको बताइन्। 

संकलन भएका कपडा आवश्यकता भएका व्यक्तिलाई निःशुल्क वितरण गर्ने गरिएको बैंककी सम्पर्क व्यक्ति शाहले बताइन्।

कमेन्ट लोड गर्नुस