धनगढीमा नमुना मतदान
धनगढी: धनगढीमा नमुना मतदान कार्यक्रम सम्पन्न भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको पञ्चोदय माविमा कार्यक्रम सम्पन्न भएको हो।
नेत्रहीन युवा संघको आयोजनामा नमुना मतदान तथा तथा अपाङ्ग लक्षित निर्वाचन सम्बन्धी जानकारीमूलक कार्यक्रम सम्पन्न भएको हो। निर्वाचन आयोग सुदूरपश्चिमका प्रमुख प्रेम भट्टले कसरी मतदान गर्ने, मत बदर हुनबाट कसरी बचाउने लगायतका महत्वपूर्ण जानकारी दिएका थिए।