सुदूर नेपाललाई विश्वसँग जोड्दै

पार्टीले न्यायोचित तरिकाले कैलाली-४ मा वीरबहादुरलाई पठाएको हो : भाट

२०७९ कार्तिक १, ०७:४४ खबर संवाददाता

धनगढी: नेपाली कांग्रेसका नेता तथा पूर्व राज्यमन्त्री दीर्घराज भाटले कैलाली क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा निर्वाचनका लागि पार्टीले न्यायोचित व्यवहार गरेरै वीरबहादुर बलायरलाई टिकट दिई पठाएको बताएका छन्।

गौरीगंगा नगरपालिका-६ को कठौतीमा भएको बाम–लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। बलायरले जीवनको महत्वपूर्ण समय राजनीतिक संघर्षमा बिताएकाले पार्टीले उच्च मूल्याङ्कन गर्दै यस क्षेत्रमा पठाएको उनले बताए।

नेता भाटले हार्ने मानसिकता भएका कारण एमालेहरुले बलायरलाई बाहिरबाट आएको भन्दै फण्डा झिकेको बताए। उनले भने,‘बलायरले आफ्नो युवा उमेरमा यहीँको ग्वासी माध्यमिक विद्यालयमा अध्यापन गराएका थिए, अनि उनी कहाँबाट बाहिरको मान्छे भए।’ 

जनआन्दोलनका बेला पनि यहीँबाटै आन्दोलन गरेका बलायर कैलालीकै जेल परेको स्मरण गर्दै नेता भाटले भने,‘यहीँको माटोमा राजनीतिक परिवर्तनका लागि आन्दोलन गरेको र यहीँको जेलनेल भोगेको मान्छेलाई बाहिरको भन्न मिल्दैन।’ 

कमेन्ट लोड गर्नुस