सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मोटरसाइकल र साइकल ठोक्किए, २ जना घाइते

२०७९ असोज ३१, ०८:४८ खबर संवाददाता

धनगढीः धनगढीमा मोटरसाइकलले साइकललाई ठक्कर दिएपछि २ जना घाइते भएका छन्। सोमबार धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ स्थित त्रिनगर नाका (सशस्त्रको बिट) नजिकै मोटरसाइलले साइकललाई ठक्कर दिएको थियो। 

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार चौराहबाट भन्सारतर्फ जादै गरेको से ७ प ४४६६ नम्बरको मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिएको हो। ठक्करबाट साइकलयात्री धनगढी उपमहानगरपालिका वडानम्बर ३ का ५४ वर्षीय दयाराम सुवेदी घाइते भएका छन्।

यस्तै मोटरसाइकल चालक कञ्चनपुरको पुनर्वास ५ का २७ वर्षीय महेश भट्ट पनि घाइते भएका छन्। अहिले उनीहरुको माया मेट्रो अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस