धनगढी उपमहानगरले सार्वजनिक गर्यो वडा क्लिनिक सञ्चालनको तालिका
धनगढीः धनगढी उपमहानगरपालिकाले कार्तिक महिनाको विशेषज्ञ वडा क्लिनिक सञ्चालनको तालिका सार्वजनिक गरेको छ। तालिकाअनुसार कार्तिक १ गते वडा नम्बर १९ मा क्लिनिक सञ्चालन हुनेछ। भने २ गते वडा नम्बर १८ मा क्लिनिक रहने उपमहानगरले जनाएको छ। यस्तै कार्तिक ३ गते वडा नम्बर १४ मा, ४ गते १७ वडा नम्बरम वडा क्लिनिक रहने छ।
कार्तिक १६ गते वडा नम्बर ७ मा, कार्तिक १७ गते वडा नम्बर १३ मा कार्तिक १८ गते वडा नम्बर ११ र २० गते ६ नम्बर वडामा विशेषज्ञ वडा क्लिनिक सञ्चालन हुने तालिका सार्वजनिक गरिएको छ।
उपमहानगरले कार्तिक २१ गते वडा नम्बर १२ मा, २२ गते वडा नम्बर ४ मा, २३ गते वडा नम्बर ५ मा वडा क्लिनिक रहने छ। कार्तिक २४ गते वडा नम्बर १० मा, २५ गते वडा नम्बर ८ मा विशेषज्ञ वडा क्लिनिक सञ्चालन हुनेछ।
कार्तिक २७, २८, २९ र ३० गते क्रमश: वडा नम्बर ३, ९, २ र १ मा विषेषज्ञ वडा क्लिनिक रहने धनगढी उपमहानगरपालिकाले जनाएको छ।