सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा एक किशोरी मृत फेला, नुहाउन गएकी थिइन् 

२०७९ असोज २४, ०६:४९ खबर संवाददाता

धनगढीः डोटीमा एक किशोरी मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको जोरायल गाउँपालिका ५ सेलकुटीगाड बस्ने १८ वर्षीया छाया कुमारी भण्डारी मृत फेला परेकी हुन्। 

प्रहरीका अनुसार उनी आफ्नो घर नजिक भुकुण्डीगाडमा आइतबार मृत अवस्थामा फेला परेकी थिइन्। नुहाउन गएकी उनी अबेरसम्म पनि घर नफर्किएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा उनको शव फेला परेको प्रहरीले जनाएको छ।

घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीको दाबी छ। 

कमेन्ट लोड गर्नुस