सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको केआईसिंहमा जङ्गली बँदेलको आतङ्क 

२०७९ असोज १४, ०७:४३ खबर संवाददाता

धनगढीः डोटीको केआईसिंहमा जङ्गली बँदेलले आतङ्क मच्चाएको छ। गाउँपालिकाको वडा नम्बर ६ मा जङ्गली बँदेलले धान खेतीमा क्षति पुगाउन थालेको हो। 

जङ्गली बँदेलले आतङ्क मच्चाउन थालेपछि स्थानीय हैरान भएका छन्। भाटगाउँ तल्ला बेत्तामा रातिको समयमा जङ्गली बँदेलले धान बाली खाने गरेको स्थानीयले बताएका छन्।

लगाएको धानलाई वन्यजन्तुबाट जोगाउन कृषकहरू रातभर जाग्राम बस्ने गरेका छन्। 
 

कमेन्ट लोड गर्नुस