सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा जीप दुर्घटना हुँदा चालक घाइते

२०७९ असोज १३, ०१:४८ खबर संवाददाता

बैतडी: बैतडीमा जीप दुर्घटना भएको  छ।  बिहीबार बिहान साढे ८ बजे दशरथचन्द नगरपालिका-११ बरतोलीबाट त्रिपुरातर्फ आउदै गरेको सु.प.प्र.०४–००१ ज ००१३ नम्बरको जीप दुर्घटनामा परेको  हो।

दुर्घटनामा परि  जीप  चालक  सुर्नया गाउँपालिका ३ का ३४ वर्षीय पृथ्वी भट्ट घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले बताए। उनको टाउकोमा चोट लागेको र जिल्ला अस्पतालमा उपचार पछि थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्याललय  बैतडीले  जनाएको छ। जीपमा चालक मात्र सवार थिए। जीप सडकबाट करिब ३० मिटर तल खसेको छ। 

कमेन्ट लोड गर्नुस