सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा अवरुद्ध विद्युतीय राहदानी सेवा सुचारु

२०७९ असोज १०, ०४:२१ खबर संवाददाता

धनगढी: बैतडीमा अवरुद्ध भएको विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा सुचारु भएको छ। गत मंगलबारदेखि बन्द भएको विद्युतीय राहदानी सेवा सुचारु भएको हो।

विद्युतीय राहदानी इनरोलमेन्ट तथा जारी गर्ने विद्युतीय राहदानी सर्भर कनेक्शनमा समस्या आएको भनेर राहदानी विभागबाट सूचना आएपछि सेवा बन्द भएको थियो। केन्द्रबाटै समस्या समाधान गरिएपछि सेवा सुचारु भएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए। जिल्लामा गत जेठ १२ गतेदेखि विद्युतीय राहदानी सेवा दिन सुरु गरिएको थियो।
 

कमेन्ट लोड गर्नुस