सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाँदरले पनि गर्छन् ‘सेक्स टोय’ को प्रयोग ?

२०७९ असोज १०, ०४:१७ खबर संवाददाता

काठमाडौंः सेक्स टोयको विषयमा भलै खासै कुराकानी हुँदैन तर यसलाई मानिसदेखि जनावरसम्मले प्रयोग गर्छन्। इन्डोनेशियाको राजधानी बालीमा पाइने क्र्याब इटिङ मंकी (लामो पुच्छर भएको बाँदर) यौन सुखका लागि सेक्स टोय (यौन खेलौना) को प्रयोग गरिरहेका छन्। फरक यतिमात्रै हो कि यी बाँदरको सेक्स टोय रबर वा कुनै अर्को मुलायम वस्तुको साटो पत्थरले बनेको हुन्छ। सन् २०१६ देखि २०१९ सम्म वैज्ञानिकले बाँदरको एउटा समूहलाई यिनीहरुले ढुङ्गालाई कसरी प्रयोग गर्छन् भनेर अनुसन्धान गर्नका लागि निगरानीमा राखेका थिए। यतिबेला अप्रत्याशित रुपमा अनुसन्धानकर्ताहरुले बाँदरले ढुङ्गालाई औजारको रुपमा मात्रै नभई यौन सुखका लागि पनि प्रयोग गर्ने गरेको तथ्य फेला पर्यो। उनीहरुले एक अध्ययन प्रकाशित गरेर बाँदरले ढुङ्गालाई सेक्स टोयको रुपमा प्रयोग गर्ने कुरा खुलासा गरेका हुन्।

अनुसन्धानका बेला के पत्ता लाग्यो भने भिन्न भिन्न आयु वर्गका भाले र पोथी बाँदरले आफूलाई सन्तुष्ट बनाउनका लागि ढुङ्गाको प्रयोग गरे। यद्यपि, यसमा केही अन्तर पनि स्पष्ट रुपमा देखिए। पोथी बाँदर ढुङ्गा छान्न बढी चुस्त छन् जबकी युवा भाले बाँदर ढुङ्गासँग खेल्छन् र एउटै ढुङ्गाको प्रयोग गर्छन्। यी बाँदरमध्ये केही त यौन इच्छा नभए पनि यी सेक्स टोयजसँग खेलिरहेको भेटिए। यिनीहरु यी ढुङ्गामाथि पल्टिन्छन्, त्यसलाई आफ्नो छालामा रगड्छन् र यसलाई एक अर्कामाथि हमला गर्नका लागि पनि प्रयोग गर्छन्।

भाले र पोथी दुबैमाथि गरियो शोध
अध्ययनका अनुसार यो अचम्मको व्यवहार जनावरका केही समूहमा मात्रै देख्न सकिन्छ। नयाँ अध्ययन २०२० मा फिजियोलोजी एन्ड बिहेवियर जर्नलमा प्रकाशित पछिल्लो काममा आधारित छ। अनुसन्धानकर्ताले पहिला भाले बाँदरको सेक्स टोयजको प्रयोग बारे जानकारी दिएको थियो तर अब वैज्ञानिकले पोथी बाँदर माथि पनि यस्तै अध्ययन गरेको छ। यसले के पत्ता लागेको छ भने भाले र पोथी बाँदर समान रुपमा ढुङ्गाले बनेको सेक्स टोयजको प्रयोग गर्छन्। न्युयोर्क टाइम्स

कमेन्ट लोड गर्नुस