सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ५ लाख ३५ हजार मतदाता, ६२९ मतदान केन्द्र

२०७९ असोज ५, ०६:०८ कमल सावद

धनगढी: कैलालीमा मतदाताको संख्या पाँच लाख ३५ हजार पुगेको छ। निर्वाचन आयोगको तथ्यांक अनुसार जिल्लामा पाँच लाख ३५ हजार ५ सय १४ जनाले मतदाता रहेका छन्। ५ निर्वाचन क्षेत्र रहेको कैलालीमा सबैभन्दा बढी निर्वाचन क्षेत्र नम्बर ४ मा मतदाता रहेका छन्।

जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ मा एक लाख १० हजार चार सय ५३ मतदाता रहेको निर्वाचन आयोगको तथ्यांकले देखाएको छ। क्षेत्र नम्बर ४ को प्रदेश सभा १ मा ५४ हजार ६ सय ३४ र प्रदेश सभा २ मा ५५ हजार ८ सय १९ मतदाता रहेका छन्। जिल्लामा सबैभन्दा कम निर्वाचन क्षेत्र नम्बर २ मा मतदाता रहेका छन्। निर्वाचन क्षेत्र नम्बर २ मा एक लाख चार हजार ९ सय ६ जना मतदाता रहेका छन्।

निर्वाचन क्षेत्र नम्बर २ को १ मा ५६ हजार तीन सय ४२ र ४८ हजार पाँच सय ६४ मतदाता रहेको निर्वाचन आयोगले बताएको छ। निर्वाचन आयोग सुदूरपश्चिमका निमित्त प्रमुख प्रेम भट्टका अनुसार जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख ६ हजार सात सय तीन मतदाता रहेका छन्। निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा ५२ हजार पाँच सय ८१ र प्रदेश सभा २ मा ५४ हजार एक सय २२ जना मतदाता रहेका छन्।

आयोगको तथ्यांक अनुसार जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा एक लाख ७ हजार ६ सय ५९ मतदाता रहेका छन्। निर्वाचन क्षेत्र नम्बर ३ को १ मा ५४ हजार २ सय ८ र प्रदेश सभा २ मा ५३ हजार चार सय ५१ मतदाता रहेका छन्। कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ मा एक लाख पाँच हजार ७ सय ९३ मतदाता रहेका छन्। कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेश सभा १ मा ५७ हजार ९ सय ५५ मतदाता रहेका छन्।

प्रदेश सभा २ मा ४७ हजार ८ सय ३८ मतदाता रहेका आयोगको तथ्यांक छ। निर्वाचन आयोगका सुदूरपश्चिम प्रदेश निमित्त प्रमुख भट्टका अनुसार कैलालीमा २ सय ३७ मतदान स्थल रहेका छन। जिल्लामा ६ सय २९ मतदान केन्द्र रहेका छन्। अहिले कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कैदीबन्दीहरुका लागि अस्थायी मतदाता नामावली संकलनमा आयोग लागेको छ।

उनीहरुले पनि समानुपातिकतर्फ मतदान गर्न पाउने भएका छन्। निर्वाचन आयोगले २०७९ मंसिर ३ गतेसम्म १८ वर्ष पूरा भएका नागरिकको मतदाता नामावलीमा नाम समावेस गरेको छ। सुदूरपश्चिम प्रदेशमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाताले अबको निर्वाचनमा मतदान गर्न पाउँनेछन्। सुदूरपश्चिम प्रदेशमा १० हजार आठ सय ९१ मदतान स्थल रहेका छन् भने २२ हजार २ सय २६ मदाता केन्द्र रहेका छन्।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस