सेनाले विद्यालयमा गोली चलाउँदा १३ जनाको मृत्यु
काठमाडौँः म्यानमारको एक विद्यालयमा सेनाको हेलिकप्टरबाट गली चलाउँदा कम्तिमा मृत्यु हुने बालबालिकाको संख्या १३ पुगेको छ। आक्रमणमा एक दर्जनभन्दा बढीको मृत्यु भएको छ।
सेनाले मध्य सागिङ क्षेत्रको लेट यट कोन गाउँमा रहेको विद्यालयमा गोली चलाएको प्राप्त विवरणहरूमा जनाइएको छ।
सेनाको हेलिकप्टरले गाउँको बौद्ध विहारमा रहेको विद्यालयमा गोली प्रहार गरेको थियो। विद्रोहीहरूले आफूमाथि आक्रमण गर्न भवन प्रयोग गरेकाले गोली चलाउनुपरेको सेनाले दाबी गरेको छ।