सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको बेलौरीमा क्रिकेट प्रतियोगिता हुने

२०७९ असोज ४, ०८:२५ खबर संवाददाता

धनगढी: कञ्चनपुरको बेलौरीमा क्रिकेट प्रतियोगिता हुने भएको छ। बेलौरी नगरपालिकाको वडा नम्बर १० स्थित भुडामा टी-ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको हो।

सिद्धेश्वर जयपृथ्वी युवा क्लबको आयोजनामा असोज १० गतेबाट 'सिद्धेश्वर जयपृथ्वी कप २०७९' खुल्ला टी-ट्वान्टी प्रतियोगिता हुन गइरहेको बताइएको छ। क्लबका अध्यक्ष पदम शाहका अनुसार भुडामा विगत दुई दशकदेखि उक्त प्रतियोगिता हुँदै आइरहेको थियो।

प्रतियोगिता सञ्चालनका लागि क्लबका कोषाध्यक्ष महेश केसीको संयोजकत्वमा तयारी समिति गठन गरिएको छ। प्रतियोगितामा सहभागी हुने टीमले असोज ८ गते बेलुकी ५ बजेभित्र टीम दर्ता गराइसक्नु पर्नेछ। दर्ता शुल्क तीन हजार दुई सय राखिएको छ।

प्रतियोगिताको विजेता टीमले नगद ३३ हजार ३३३ र उपविजेताले २३ हजार ३३३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। म्यान अफ द सिरिज, म्यान अफ द म्याच, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट फिल्डर र उत्कृष्ट अनुशासित टीमलाई पनि पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

कमेन्ट लोड गर्नुस