सुदूर नेपाललाई विश्वसँग जोड्दै

मेक्सिकोमा ७ दशमलव ४ रेक्टर स्केलको भूकम्प

२०७९ असोज ४, ०७:१२

एजेन्सी: मेक्सिकोमा ७ दशमलव ४ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन निकायका अनुसार प्रशान्त महासागरको तट मिचोआकान राज्यको कोलकोमानबाट ५९ किलोमिटर दक्षिणलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।

शक्तिशाली भूकम्पका कारण हजारौँ मानिस घर बाहिर निस्किएका अलजजिराले जनाएको छ। कम्तीमा एक जनाको ज्यान गएको विवरण प्राप्त भएको छ। मेक्सिको सहरका मेयर क्लाउडिया शेनबाउमले भूकम्पपछि राजधानीमा क्षतिको तत्काल कुनै रिपोर्ट आएको छैन।

उद्धारको काम थालिएको छ। सन् १९८५ र २०१७ मा ठूला भूकम्प गएकैदिन फेरि भूकम्पले मेक्सिको सहर हल्लाएको छ। सन् २०१७ को सेप्टेम्बर १९ मा गएको भूकम्पमा ३ सय ५० जनाभन्दा धेरैले ज्यान गुमाएका थिए। त्यस्तै सन् १९८५ को भूकम्पले हजारौँको ज्यान लिएको थियो।

कमेन्ट लोड गर्नुस