झेली खेलाएको भन्दै धनगढीमा भलिबलका रेफ्री कुटिए
धनगढी: धनगढीमा नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत भलिबल छनोट प्रतियोगिता भइरहेका बेला रेफ्री कुटिएका छन्। झेली खेलाएको भन्दै उनीमाथि हातपात भएको प्रहरीले बताएको छ।
हातपात हुँदाको भिडिओ र फुटेजहरु प्राप्त भएकाले अहिले उनीहरुको पहिचान गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार रेफ्रीमाथि हातपात गर्नेहरुको पहिचान गरि पक्राउ गरिनेछ। हातपात भएका रेफ्री को हुन् भन्ने जानकारी नभएको उनले बताए।