सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाली टीभी च्यानलमा विश्वकपको प्रसारण हुने 

२०७९ असोज २, ०९:२६ खबर संवाददाता

काठमाडौंः मंसिर ४ गतेबाट कतारमा सुरु हुन लागेको फिफा विश्वकप २०२२ का खेलहरु नेपालभित्र नेपाली टेलिभिजन च्यानलले ‘एक्सक्लुसिभ’ प्रसारण गर्ने भएका छन्।

अघिल्ला विश्वकपहरुमा झैं यसपटक नेपालमा बसेर विदेशी टेलिभिजन च्यानलमा विश्वकप हेर्न पाइने छैन। फिफाले नेपालका लागि यसपटक ‘एक्सक्लुसिभ’ प्रसारण अधिकार दिएका कारण विदेशी च्यानलबाट विश्वकप हेर्न नपाइने भएको हो।

नेपालका लागि विश्वकपको प्रसारण अधिकार मिडिया हबले किनेको छ, जसले केही दिनमै प्रसारण हुने टेलिभिजन च्यानलको टुंगो लगाउने छ।

कमेन्ट लोड गर्नुस