बैतडीको पाटन नगरपालिकाले अपहेलित गाउँको नाम परिवर्तन गर्ने
धनगढीः बैतडीको पाटन नगरपालिकाले जातीय विभेद झल्काउने गाउँका नाम परिवर्तन गर्ने निर्णय गरेको छ। पालिकाभरका दलितबस्ती रहेका समुदायलाई नै अपहेलित गर्ने नाम परिवर्तन गर्ने निर्णय गरिएको हो।
गाउँको नामले वर्षौदेखिको सामाजिक विभेदलाई कायमै राखेको देखिएकाले परिवर्तन गर्ने निर्णय कार्यपालिकाबाटै गरिएको बताइएको छ। वडा भेला तथा विभिन्न सरकारी सूचनामा समेत प्रयोगमा आउने गरेर समुदायका नाम बदल्ने जनाइएको छ।