सुदूर नेपाललाई विश्वसँग जोड्दै

टस जितेर सुदूरपश्चिमले पायाे कांस्य पदक

फाइल तस्बिर
फाइल तस्बिर
२०७९ भदौ ३१, ०२:२७ खबर संवाददाता

काठमाडौं: नवौं राष्ट्रिय खेलकुद अन्तर्गत वर्षाले प्रभावित पुरुष क्रिकेट प्रतियोगितामा टस जितेकै आधारमा सुदूरपश्चिम टिमलाई कांस्य पदक विजेता घोषणा गरिएको छ। 

शुक्रबार त्रिवि मैदानमा तेस्रो स्थानका लागि एनआरएनए र सुदूरपश्चिमबीच खेल हुनुपर्ने थियो। सुदूरपश्चिमले टस जिते पनि वर्षाका कारण खेल हुन नसक्दा प्रतियोगिताको नियमअनुसार सुदूरपश्चिमलाई विजेता घोषणा गरिएको हो।

प्रतियोगिताको उपाधिका लागि विभागीय टोलीहरु नेपाल पुलिस र त्रिभुवन आर्मीबीच शनिबार प्रतिस्पर्धा हुँदैछ।

कमेन्ट लोड गर्नुस