सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाका बाढीपहिरो पीडितलाई तत्काल राहत दिन माग

फाइल फोटो
फाइल फोटो
२०७९ भदौ २६, ११:०२ खबर संवाददाता

धनगढीः दार्चुलाका बाढीपहिरो पीडितलाई राहतको व्यवस्था गर्न माग गरिएको छ। एमाले सुदूरपश्चिम प्रदेश कमिटिले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै प्रभावितहरुलाई उचित राहत र क्षतिपूर्ती उपलब्ध गराउन माग गरेको हो।

एमाले प्रदेश कमिटिका सचिव धर्मराज पाठकले जारी गरेको विज्ञप्तीमा बेपत्ताहरुको खोजी तथा उद्धारको कार्यलाई तदारुकताका साथ अगाडी बढाउन पनि स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारसँग माग गरिएको छ।

दार्चुलामा शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट ५ जनाको मृत्यु भएको थियो भने १० जना बेपत्ता भएका छन्। हाल ८ जना घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

कमेन्ट लोड गर्नुस