डोटीमा अखिल क्रान्तिकारीको नि:शुल्क स्वास्थ्य शिविर
धनगढी: डोटीमा अखिल क्रान्तिकारी जिल्ला कमिटीले नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। कमिटीले शनिबार जिल्ला अस्पताल डोटीको सहयोगमा राजपुरस्थित सहिद स्मृती आवासीय माध्यमिक विद्यालयमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो।
शिविरमा २५० जना विद्यार्थीहरुको स्वास्थ्य चेकजाँच गरिएको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष प्रकाश जोशीले बताए। उनीहरुको नाक, कान, घाँटी एवं दाँत सम्बन्धी समस्या तथा ब्लड ग्रुप चेक गरिएको थियो। सबैभन्दा बढी जनामा कान सम्बन्धी समस्या देखिएको उनले बताए। अबको दुई/तीन दिनमै ती विद्यार्थीहरुको जिल्ला अस्पतालले थप उपचार गर्ने अस्पतालका मेसु निराजन श्रेष्ठले बताएको उनले बताए।