सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुख्यमन्त्री भट्ट डोटीबाट प्रतिनिधिसभामा सिफारिस

२०७९ भदौ २३, ०८:२५ खबर संवाददाता

धनगढी: नेकपा माओवादी केन्द्र डोटीले प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई सिफारिस गरेको छ। बुधवार बसेको पार्टी जिल्ला समन्वय समिति डोटीले उनलाई सिफारिस गरेको हो।

उनलाई सर्वसम्मत सिफारिस गरिएको माओवादी केन्द्र डोटीका पार्टी संयोजक कमलबहादुर गड्सिलाले बताए। पार्टीले प्रतिनिधिसभा समानुपातिकतर्फ ५ जना सिफारिस गरेको छ। खस आर्यबाट त्रिलोचन भट्ट, जनजातिबाट डम्बर घर्तिमगर, दलितबाट जङ्ग विक, जगत सोव र महिलाबाट अन्जिता श्रेष्ठलाई सिफारिस गरेको छ। 

त्यस्तै, प्रदेशसभा 'क' र 'ख' दुवै क्षेत्रका लागि प्रत्यक्षतर्फ ३/३ जना सिफारिस भएका छन्। प्रदेश सभा 'क' का लागि भरत बोहरा योगेन्द्र, रमेश नागरी र बलबहादुर ओली सिफारीस भएका छन् भने 'ख' का लागि शिव सिंह ओली, मीनबहादुर घर्ती विश्व र प्रेम कुवर प्रख्यात सिफारिस भएका छन्।

समानुपातिकमा प्रदेश सभा 'क' तर्फ गीता सोव नेपाली, पूर्णराज जोशी र कृष्ण विकलाई सिफारिस गरिएको छ। प्रदेशसभा 'ख' तर्फ सिद्धराज विक विश्वप्रकाश, प्रेमा ओली, नन्दलाल विक, दिलीप कठायत, लक्ष्मणलाल योगी, चन्द्रा भूल, कर्ण नेपाली, शान्ति चुनारा र शारदा विक सिफारिस भएका छन्।

कमेन्ट लोड गर्नुस