सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप २२७ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु 

२०७९ भदौ २३, ०७:५५ खबर संवाददाता

काठमाडौँ: पछिल्लो २४ घण्टामा २२७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। पीसीआर र एन्टिजेन गरी ४४०१ जनाको नमुना परीक्षण गर्दा २२७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सोही अवधिमा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ भने १६८ जना निको भएका छन्। हाल नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ४७३ रहेको छ।


 

कमेन्ट लोड गर्नुस